विमानस्थलको गेटमा यात्रु ओराल्न र चढाउन नपाउने

हमाद र दोहा विमानस्थलको आगमन तथा प्रस्थान गेटमा यात्रु ओराल्न र चढाउन नपाउने भएको छ ।

विमानस्थलको सुरक्षाका लागि उपलब्ध कार पार्कबाट मात्रै यात्रु पिकअप र ड्रप-अफ गर्न गेटको पार्किङ बन्द गर्न लागिएको विमानस्थलले सूचना मार्फत जनाएको छ ।

यद्यपि त्यहाँ कर्वा बस र ट्याक्सी ,फर्स्ट र बिजिनेस क्लासका यात्रुको सवारी र सिमित स्वीकृत सवारीलाई अझै पार्किङको व्यवस्था दिईने विमानस्थलले बताएको छ ।

भोलि नोभेम्बर १ बाट पार्किङ बन्द हुने सूचनामा उल्लेख छ ।

विमानस्थलमा यस्तो छ पार्किङको शुल्क :

हमाद विमानस्थलमा छोटाे कार पार्कको प्रति ३० मिनेटको २५ रियाल । त्यसपछि प्रति १५ मिनेटको १०० रियाल ।

हमाद विमानस्थलमा लामो कार पार्कको प्रति ३० मिनेटको ६० रियाल । त्यसपछि प्रति १५ मिनेटको १०० रियाल ।

दोहा विमानस्थलको आगमन कार पार्कको प्रति ३० मिनेटको २५ रियाल । त्यसपछि प्रति १५ मिनेटको १०० रियाल ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
110
खुसी लाग्यो
दुःख लाग्यो
101
दुःख लाग्यो
रुन मन लाग्यो
4
रुन मन लाग्यो
हाँसो लाग्यो
9
हाँसो लाग्यो
रीस उठ्यो
19
रीस उठ्यो
Back to top button