विश्वकपको टिकट नभएका व्यक्ति पनि कतार घुम्न आउन पाउने

विश्वकप खेलको टिकट खरिद नगरेका व्यक्ति पनि कतार घुम्न आउन पाउने भएको छ ।

आज आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै आन्तरिक मन्त्रालय तथा विश्वकप सुरक्षा बलका आधिकारिक प्रवक्ता कर्नेल जबर हम्मुद जबर अल-नुइमीले टिकट नभएका व्यक्ति प्रतियोगिताको समूह चरणको खेल सकिएपछि अर्थात डिसेम्बर २ देखि कतार आउन पाउने बताएका छन् ।

त्यसको लागि एप वा पोर्टल मार्फत हय्या कार्डको लागि आजै देखि आवेदन दिन सकिनेछ । कार्ड स्वीकृत हुन यात्रुले होटेल बुकिङ वा आफन्तसंगै बस्ने बन्दोबस्तको प्रमाण पेश गर्नुपर्नेछ । कार्ड जारी गर्न पाँच सय रियाल शुल्क लाग्नेछ ।

हय्या कार्ड भएका व्यक्ति कतारमा जनवरी २३ सम्म बस्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
54
मनपर्‍यो
खुसी लाग्यो
63
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
7
हाँसो लाग्यो
रीस उठ्यो
14
रीस उठ्यो
Back to top button