कतारले २२ रियालको नोट जारी गर्यो

कतारको राष्ट्रिय बैंकले २२ रियालको नोट जारी गरेको छ ।

राष्ट्र बैंकले फिफा र सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीसंगको समन्वयमा आज विश्वकप विशेष नोट र सिक्का सार्वजनिक गरेको हो।

नोट र सिक्कामा विश्वकपको लोगो,ट्रफी,लुसेल र अल बायत रंगशाला, राष्ट्रिय चिन्ह लगायत समावेश गरिएको छ ।

विश्वकप जस्तो एतिहासिक कार्यक्रमको सफल आयोजनाको निमित्त बैंकिङ क्षेत्रले नयाँ मुद्रा मार्फत योगदान गरेको राष्ट्र बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन साउद अल थानीले बताएका छन् ।

नयाँ मुद्राले कतारको फुटबल इतिहासलाई प्रतिनिधित्व गरेको छ । नोट र सिक्का विश्वकप दर्शक र स्थानीयले बैंक तथा एक्सचेञ्ज हाउस मार्फत ७५ रियालमा खरिद गर्न सकिने राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
505
मनपर्‍यो
खुसी लाग्यो
163
खुसी लाग्यो
दुःख लाग्यो
34
दुःख लाग्यो
रुन मन लाग्यो
164
रुन मन लाग्यो
हाँसो लाग्यो
29
हाँसो लाग्यो
रीस उठ्यो
84
रीस उठ्यो
Back to top button