कतार सैनिकमा भर्ना खुलेको हल्ला झुठो

कतारमा यतिखेर व्यापक रुपमा फैलिएको सैनिक भर्नाको समाचार झुटो रहेको छ। क्युएन खबरले प्राप्त गरेको सैनिक भर्ना आवेदन माथिको अनुसन्धानपछि उक्त समाचार झुटो रहेको पत्ता लागेको हो।

हामीले यसैबिच कतारको मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधी प्रो. रमजान अलि मिया (कतारका कानुनका ज्ञाता) सँग गरेको सोधखोजमा प्राप्त जानकारीहरु यस्ता रहेका छन् :

१.सैनिक भर्ना आवेदनको बिज्ञापन कतारको सम्वन्धित सरकारी विभागको सूचनापाटीमा प्रकाशित भएको छैन्।

२. कतारको रक्षा मन्त्रालय अन्तर्गत हुनुपर्ने अधिकारिक कार्यालय (फर्म लिने / बुझाउने) र  सैनिक भर्ना आवेदनको फारममा कुनै पनि सरकारी चिन्ह (LOGO) नराखेको हुनाले  ठगी गर्न खोजिएको जस्तो देखिन्छ।

३.माथि प्राप्त फर्ममा सैनिक भर्नाको लागि आवश्यक पर्ने दक्षता जस्तै उचाई,शारिरिक स्थिती,भाषा,शैक्षिक योग्यता लगायतका कुराहरु मागिएको छैन्।

४.कतारको सरकारी कार्यलयहरुमा बुझाउनुपर्ने रकम बैंक वा विधुतिय माध्यम बाट मात्र हुने गर्दछन्  तर यस बिषयमा भने पैसा हातैमा लिएको र बिल नदिएको बुझिएको छ।

जथाभावी अपवाहको पछाडी लागेर आफ्नो पैसा तथा समय नगुमाउन क्युएन खबर अनुरोध गर्दछ। साथै आधिकारिक सूचना तथा समाचार हेर्ने बानी बसालौं । फेरी पनि कसैले यस्ता झूठा समाचार वा लोभ लालच देखाएमा email : info@moi.gov.qa | Tel : +974 40233333 मा उजुरी गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button