सुनको रिङ र नगदको लोभले लोहोरो प्रहार गरी आमाको हत्या

काठमाडौं,कात्तिक २०-

काभ्रेको रोशी गाउँपालिका-३ स्थित भञ्ज्याङगाउँमा सिलौटाको लोहोरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन् । कात्तिक १६ गते अपरान्ह चार बजेको समयमा रोशी-३ स्थित भञ्ज्याङ गाउँकी ६९ वर्षीया माईली लामालाई उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले सिलौटाको लोहोरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए ।

सिलौटाको लोहोरो प्रहार गरी आमाको हत्या गर्ने अभियुक्त लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै प्रहरी उपरीक्षक खड्काले माईली लामा आफ्नै घरको भान्सा कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा भेटिएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी खहरेपाँगु, ईलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट खटिएको टोलीले मृतकको वर्षिय २८ कान्छो छोरा फुर्साङ लामालाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धान गर्दा फुर्साङ लामाले भान्सा कोठामा सुतिरहेको आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सिलौटो ढुङ्गाको लोरीले टाउकोमा प्रहार गर्नुको साथै ढोकाको आग्लोले समेत गरी हत्या गरेको पाइएको थियो । फुर्साङले आमाको हत्या गरी आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगदसमेत लिएर घटनास्थलबाट फरार भएका थिए । फरार रहेका फुर्साङलाई जिल्ला प्रहरी कार्यालयल काभ्रेले कात्तिक १८ गते पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

पक्राउ परेका फुर्साङलाई मंगलबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button