चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको हस्ताक्षर

उत्तर कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गर्न तयार रहेको बताएका छन् । दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएको दुई दिनपछि मुनले उत्तर कोरियाली नेतासँग भेट गरी दुई देशबीच विद्यमान समस्या अन्त्य गर्ने बताएका हुन् ।  नेता मुनले उत्तर कोरियासँगको वार्तालाई जोड दिँदै आएका छन् । उत्तरलाई दबाब दिएरै भए प्योङयाङसँग वार्ता गर्नुपर्ने मुनको भनाइ छ । यसअघि अपदस्थ राष्ट्रपति पार्क गिउन हेले प्योङयाङसँगको सम्बन्धलाई पूर्ण रूपमा तोडेकी थिइन् ।

मुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाप्रति आक्रामक रूपमा प्रस्तुत नहुन अनुरोध गर्दै आएका छन् । ट्रम्प प्रशासनले प्योङयाङलाई एक महिनाअघि सैनिक कारबाही गर्ने चेतावनी दिएपछि मुनले राष्ट्रपति ट्रम्पलाई संयम नगुमाउन आग्रह गरेका थिए ।

मुख्य चासो अर्थतन्त्रमा सुधार
उत्तर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका वेला दक्षिण कोरियामा नयाँ नेता निर्वाचित भएका छन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै मुनले दक्षिण कोरियाको कमजोर अर्थतन्त्रमा सुधार गर्ने बताएका छन् । त्यस्तै, पूर्वराष्ट्रपति पार्कले ल्याएका सम्पूर्ण कार्यक्रम खारेज गर्ने उनको योजना छ । एसियाकै चौथो ठूलो अर्थतन्त्र भएको दक्षिण कोरियामा पछिल्ला वर्षमा आर्थिक संकट देखिएको छ । नेता मुनले उच्च दरमा बढेको बेरोजगारी समस्या अन्त्यका लागि चीनसँग ‘ट्याकल’ गर्नुपर्ने बताएका छन् । अमेरिकाले दक्षिण कोरियामा आणविक प्रतिरक्षा प्रणाली (थाड) स्थापना गरेसँगै चीनले सिउलसँग आर्थिक बदला लिएको विश्लेषकहरूले बताएका छन् ।

उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर वासिङ्टन र प्योङयाङबीचको विवाददेखि भ्रष्टाचार आरोपमा पूर्वराष्ट्रपति पार्कको पतनसँग जोडिएका घटनाले विभाजित दक्षिण कोरियालाई एकजुट बनाउने चुनौती मुनको काँधमा थपिएको विश्लेषकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button