टिकट नहुनेले कहाँ गएर हेर्ने विश्वकप ?

कतार सरकारले श्रमिकहरुको लागि विश्वकप हेर्न छुट्टै व्यवस्था मिलाएको छ ।

विशेषगरि औद्योगिक क्षेत्रमा बस्ने श्रमिकहरुको लागि भनेर सरकारले तीन मुख्य स्थानमा ठुलो स्क्रिन सहित विश्वकप हेर्ने अवसर दिएको छ । नोभेम्बर १८ देखि डिसेम्बर १८ सम्म सन्चालन हुने ती फ्यान जोनमा गएर विश्वकप हेर्न कुनै शुल्क लाग्दैन र हय्या कार्ड पनि चाँहिदैन । फ्यान जोन जान र आउन निशुल्क बसको पनि व्यवस्था गरिएको छ।

इन्डस्ट्रियल एरिया फ्यान जोन

नेपालीहरु धेरैजसो भेला हुने ग्रान्ड मल नजिकै रहेको एसियन टाउन क्रिकेट स्टेडियममा गएर विश्वकप हेर्न सकिन्छ । ठुलो स्क्रिन,संस्कृतिक कार्यक्रम ,फ्रि वाईफाई,खेल प्रतियोगिता लगायत खानाको स्टल उपलब्ध हुनेछ।

न्यु इन्डस्ट्रियल एरिया फ्यान जोन

विश्वकप हेर्नको लागि सरकारले तोकेको अर्को स्थान हो,न्यु इन्डस्ट्रियल एरिया फेस्टिभल जोन । कार्यक्रम स्थल इन्डस्ट्रियल एरियाको स्ट्रिट ५५ मा रहेको छ । यो स्थान बेलुका ४ देखि राती १० बजे सम्म खुला रहनेछ । यहाँ निशुल्क रक्तचाप र मधुमेहको परिक्षण पनि हुनेछ ।

लोकेसन हेर्न यहाँ थिच्नुहोस ।

अल खोर फ्यान जोन

अल खोरमा बस्ने श्रमिकको लागि पनि सरकारले विश्वकप हेर्न व्यवस्था दिएको छ । अल खोर स्थित अल खोर स्पोर्ट्स कम्प्लेक्समा गएर यहाँ विश्वकपका सबै खेलहरु प्रत्यक्ष हेर्न सकिन्छ । त्यस बाहेक कार्यक्रम स्थलमा संस्कृतिक कार्यक्रम ,फ्रि वाईफाई,खेल प्रतियोगिता लगायत खानाको स्टल राखिनेछ ।

लोकेसन हेर्न यहाँ थिच्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
101
मनपर्‍यो
खुसी लाग्यो
54
खुसी लाग्यो
दुःख लाग्यो
10
दुःख लाग्यो
रुन मन लाग्यो
5
रुन मन लाग्यो
हाँसो लाग्यो
17
हाँसो लाग्यो
रीस उठ्यो
7
रीस उठ्यो
Back to top button