यी ७ स्थानमा गएर विश्वकप निशुल्क हेर्न सकिन्छ

कतारमा आज देखि फिफा विश्वकप सुरु भएको छ ।

देशभरका विभिन्न स्थानमा निशुल्क र शुल्क तिरेर खेल हेर्न सकिने व्यवस्था गरिएको छ । ती मध्ये खेल लाइभ हेर्न सकिने स्थानहरु यस्ता छन् ।

१.दोहा कर्नेश

कर्नेशमास्थित नेशनल म्युजियम अगाडि रहेको एक सय मिटर लामो स्क्रिनमा खेल प्रत्यक्ष हेर्न सकिनेछ । फ्ल्याग प्लाजा नजिकै रहेको यो स्थानमा खेल हेर्न शुल्क लाग्दैन।

२. फक्स स्पोर्ट्स स्टुडियाे,कर्नेश

कर्नेश मेट्राे स्टेशन बाट निस्कने बित्तिकै देखिने फक्स स्पोर्ट्स स्टुडियोमा गएर खेल निशुल्क हेर्न सकिन्छ ।

३.पर्ल कतार

पोर्टो अरेबियाको ३० ला क्रोइसेट एम्फीथिएटर गएर विश्वकपको खेल हेर्न सकिन्छ । खेल हेर्न निशुल्क रहेको छ तर सिट भने सिमित रहनेछ ।

४. फिफा फ्यान फेस्टिभल,अल बिद्दा पार्क कर्नेश

कर्नेशमा रहेको फिफा फ्यान फेस्टिभलमा गएर विश्वकपको खेल हेर्न सबैभन्दा रमाइलो हुनेछ । तर त्यहाँ प्रवेश पाउन अनिवार्य हय्या कार्ड आवश्यक पर्नेछ ।

५.इन्डस्ट्रियल एरिया फ्यान जोन

नेपालीहरु धेरैजसो भेला हुने ग्रान्ड मल नजिकै रहेको एसियन टाउन क्रिकेट स्टेडियममा गएर विश्वकप हेर्न सकिन्छ । ठुलो स्क्रिन,संस्कृतिक कार्यक्रम ,फ्रि वाईफाई,खेल प्रतियोगिता लगायत खानाको स्टल उपलब्ध हुनेछ।

६. न्यु इन्डस्ट्रियल एरिया फ्यान जोन

विश्वकप हेर्नको लागि सरकारले तोकेको अर्को स्थान हो,न्यु इन्डस्ट्रियल एरिया फेस्टिभल जोन । कार्यक्रम स्थल इन्डस्ट्रियल एरियाको स्ट्रिट ५५ मा रहेको छ । यो स्थान बेलुका ४ देखि राती १० बजे सम्म खुला रहनेछ । यहाँ निशुल्क रक्तचाप र मधुमेहको परिक्षण पनि हुनेछ ।

लोकेसन हेर्न यहाँ थिच्नुहोस ।

७. अल खोर फ्यान जोन

अल खोरमा बस्ने श्रमिकको लागि पनि सरकारले विश्वकप हेर्न व्यवस्था दिएको छ । अल खोर स्थित अल खोर स्पोर्ट्स कम्प्लेक्समा गएर यहाँ विश्वकपका सबै खेलहरु प्रत्यक्ष हेर्न सकिन्छ । त्यस बाहेक कार्यक्रम स्थलमा संस्कृतिक कार्यक्रम ,फ्रि वाईफाई,खेल प्रतियोगिता लगायत खानाको स्टल राखिनेछ ।

लोकेसन हेर्न यहाँ थिच्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
47
मनपर्‍यो
खुसी लाग्यो
170
खुसी लाग्यो
दुःख लाग्यो
33
दुःख लाग्यो
रुन मन लाग्यो
12
रुन मन लाग्यो
हाँसो लाग्यो
4
हाँसो लाग्यो
रीस उठ्यो
24
रीस उठ्यो
Back to top button