दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

काठमाडौं,मंसिर २०-

साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा रहेका आफूलाई लरेन्स विश्नोई समूहको सदस्य बताउने हरिचन्द्र फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क देखिएको थियो । प्रसाईं र फुयाँलबीचको उक्त ‘कनेक्सन’सँगै सीआईबीले पक्राउ अनुमति मागेको थियो ।

फुयाँल भारतीय गुन्डानाइके लरेन्स विश्नोईको सदस्य हुँ भन्दै व्यवसायीलाई धक्काएको आरोपमा पक्राउ परेका हुन् । प्रसाईं भने कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको गलत तथ्य सार्वजनिक गरेको आरोपमा मंसिर ४ गते पक्राउ परेका हुन् । आपराधिक लाभसम्बन्धी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति लिइएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button