कतारको राजदूतमा नरेशविक्रम ढकाल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि नयाँ राजदूतमा डा. नरेशविक्रम ढकाललाई नियुक्त गरेकी छन्।

संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

सरकारले गत २५ चैतमा २० जनालाई विभिन्न देशको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button