"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

रवि लामिछानेको नागरिकताबारे प्रहरीले अनुसन्धान गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नगरिकता विवादका विषयमा परेको उजुरीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। लामिछानेको नागरिकता विवाद सम्बन्धमा गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आएको पत्र प्रशासन कार्यालयले प्रहरीमा पठाएको हो। जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार उक्त पत्र प्रहरीसमक्ष पुगेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी कागज दुरुपयोग सम्बन्धमा छानबिन अगाडि बढाउने भएको हो। उनी भन्छन्, ‘जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आएको पत्र हामीकहाँ आइपुगिसकेको छ। अब थप अनुसन्धानको प्रक्रिया अघि बढ्छ।’

युवराज सफलले लामिछानेको नागरिकता सम्बन्धमा छानबिनको माग गर्दै गृहमा उजुरी दिएका थिए। चितवन २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेपछि रविको नागरिकता अवैध रहेको दाबीसहित निर्वाचन कार्यालयमा उजुरी परेको थियो। उनले अमेरिकी नागरिक भएपछि खारेज भएको २०५० मा निकालेको नागरिकता नै प्रयोग गरिरहेको खुलासा भएको थियो।

निर्वाचन परिणाम आएपछि उम्मेदवारबारे परेको उजुरीबारे छानविन र निर्णय गर्ने अधिकार नभएको भन्दै आयोगका पदाधिकारी विवादबाट पन्छिदै रविलाई चितवन २ मा निर्वाचित प्रमाण पत्र दिइएको थियो। उनले सन् २०१८ मा अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया अगाडि बढाए पनि अमेरिकी पासपोर्ट लुकाएर सन् २०१५ मै नेपाली पासपोर्ट लिएको तथ्य सार्वजनिक भएको थियो। उनले हालसम्म सोही पासपोर्टको प्रयोग गरिरहेका छन्। उनले खारेज भएको नागरिकता नब्यूँताइ मतदाता सूचीमा नाम दर्ता गरेकोसमेत तथ्यहरु बाहिर आएका छन्। – नारायणी अन्लाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button