बिज्ञापन

विश्वकप विजेताले ४२ मिलियन अमेरिकी डलर पाउने

कतार विश्वकपको फाइनल खेल आज आइतबार अर्जेन्टिना र फ्रान्सबीच हुँदैछ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यमा छ भने यता फ्रान्स पनि लगातार दोस्रो पटक गरी समग्रमा तेस्रो पटक उपाधि जित्ने योजनामा छ ।

विश्व फुटबलकै महाकुम्भको विजेता टोलीले कति पुरस्कार पाउँछ भन्ने चर्चा हुन्छ। विश्वकपमा विजेता टोलीसँगै अन्य टोलीले पनि पुरस्कार पाउँछन् । विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउँछ । कतारमा विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछ । सन् २०१८ मा फ्रान्सले पाएको विश्वकपको पुरस्कारभन्दा ४ मिलियन धेरै हो ।

अब बन्ने विश्वकप विजेताले पाउने रकम कतारी रियालमा हिसाब गर्दा करिब १५ करोड २९ लाख ११ हजार ५०० रियाल हुन्छ । यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात् कतारि रियाल १० करोड ९२ लाख २२ हजार ५०० पाउने छ ।

तेस्रो हुने टिम क्रोएसियाले २७ मिलियन अर्थात् ९ करोड ८३ लाख २५० रियाल पाउँदा चौथो हुने टिम मोरक्कोले २५ मिलियन अर्थात् ९ करोड १० लाख १८ हजार ७५० रियाल पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button