बिज्ञापन

मोरक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो

कतारमा जारी फिफा विश्वकपमा साबिक उपविजेता क्रोएसिया यसपटक तेस्रो बनेको छ। मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो। खालिफा रंगशालामा शनिबार रातिको खेलमा क्रोएसियाको तर्फबाट जोस्को ग्वार्डियोलले पहिलो गोल गरेका थिए। उनले खेलको सातौं मिनेटमा गोल गरे।

खेलको नवौं मिनेटमा आच्रफ डारीले मोरक्कको तर्फबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ४२औं मिनेटमा गोल गर्दै मिस्लाभ ओर्सिचले क्रोएसियालाई अग्रता दिलाए। दास्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। ओर्सिचको गोल नै क्रोएसियाको जितका लागि निर्णायक बन्यो।

तेस्रो हुने टिम क्रोएसियाले २७ मिलियन अर्थात् ९ करोड ८३ लाख २५० रियाल पाउँदा चौथो हुने टिम मोरक्कोले २५ मिलियन अर्थात् ९ करोड १० लाख १८ हजार ७५० रियाल पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button