बिज्ञापन

दैनिक संक्रमितको संख्या घट्यो तर मृत्यु हुनेको संख्या रोकिएन

कतारमा कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेको छ तर मृत्यु हुनेको संख्या रोकिएको छैन ।

आज देशभर थप २,५५१ जनामा कोरोना भाइरस संक्रमण र ४,०१८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भाइरसको कारण आज ६७ वर्षिय व्यक्तिको ज्यान गएको छ ।

आज भाइरस देखिएका मध्ये २,१२४ जना स्थानिय र ४२७ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,२८,६४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २९,००४ जनालाई परिक्षण गरिएको थियो ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पतालमा उपचार भैरहेका जम्मा – ४५१ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – ८६ जना

निको हुनेको संख्या : २,९३,१८२

आज सम्म खोप वितरण : ५६,५५,२७७

बुस्टर डाेज खोप वितरण : ६,७५,०४९

आजको खोप वितरण : ३३,९४५

निको हुन बाँकीको संख्या : ३४,८२५

ज्यान जानेको संख्या : ६३७ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
4
खुसी लाग्यो
दुःख लाग्यो
10
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button