ईस्तमारा नवीकरण अनलाइन बाटै गर्न सकिने

कतारको आन्तरिक मन्त्रालयल अन्तर्गत सवारी दर्ता (ईस्तमारा) नविकरण मेट्राश २ एप्प र मन्त्रालयको वेबसाइट बाट गर्न सकिन्छ । यस सेवाले ईस्तमारा नविकरणको लागि सवारी धनीहरु ट्राफिक विभाग नै जानुपर्ने झन्झट हटेको छ । त्यस्तै दर्ता नविकरण गरिएको कार्ड सवारी धनीले चाहेको ठेगानामा हुलाक मार्फत आइपुग्नेछ।
ट्राफिक विभागका निर्देशक ब्रिगेडर मोहम्मद साद अल खर्जीले ट्राफिक विभागक तथा मन्त्रालयको अन्य कर्मचारीहरु बिच गएको वर्ष यस सेवाको उद्घाटन गरेका थिए।

कसरी गर्ने नविकरण ?
१.सवारीको प्राविधिक निरीक्षण तथा बीमा प्रक्रिया सकाउने।
२. मेट्रश २ एप्प वा मन्त्रालयको वेबसाइटमा जाने।
३.ट्राफिक सर्भिस टाइटलमा जाने।
४.सवारी दर्ता नविकरणमा जाने।
५.सवारीको प्लेट नम्बर हालेर सही दर्ताको प्रकार छानेर दर्ता गर्ने।
६.दर्ताको शुल्क व्यक्तिको लागि क्रेडिट कार्ड र कम्पनीको लागि डेबिट कार्ड प्रयोग गरी बुझाउन सकिनेछ।
७.दर्ता गरिएको कार्ड आफ्नो ठेगानामा पुर्याउने वा आफै ट्राफिक विभागको कार्यालयमा आई लिने बारे छान्न सकिनेछ।
सवारी दर्ता नविकरण सबै खाले निजी,सरकारी तथा कम्पनीको नाममा भएको सवारीको गर्न सकिनेछ।साथै यो सेवा सातै दिन २४ सै घण्टा प्रयोग गर्न सकिन्छ।

मेट्राश २ एप्प भनेको के हो ?
मेट्राश २” कतारको आन्तरिक मन्त्रालयले स्थानीय तथा आप्रवासी नागरिकहरुको सुविधाको लागि विकास गरेको एक स्मार्ट फोन एप्प हो।यस एप्प मार्फत मोबाइल बाटै हरेक समय कुनैपनी ठाउँ बाट बिना झन्झट मन्त्रालयको सेवा पाउन सकिन्छ। एप्प बाट ट्राफिक,एक्जिट परमिट,आवासीय पत्र नवीकरण लगायत एक सय भन्दा बढी सरकारी सेवाहरु लिन सकिन्छ।
कसरी एक्टीभेट गर्ने ?
१.गुगल वा एप्पल स्टोर बाट “Metrash 2” एप्प डाउनलोड गर्नुहोस्।
२.आफ्नो कतारी आईडी नम्बर हाल्नुहोस्।
३.आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर हाल्नुहोस्।
४.मोबाइलमा आएको कोड नम्बर हाल्नुहोस्।
५.पासवर्ड हालेर दर्ता पूरा गर्नुहोस्।
६.आफूलाई चाहिएको सेवाको विषयमा जानुहोस्।