बिज्ञापन

मेस्सीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने

विश्व विजेता लियोनल मेस्सीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन्। फ्रान्सलाई हराएर उपाधि जितेपछि मेसीलाई राष्ट्रिय टिमको भविष्यबारे अर्जेन्टिनी सञ्चारमाध्यमले प्रश्न सोधेका थिए।

मेसीले भने, ‘म फुटबललाई माया गर्छु’ भन्ने जवाफ दिएका थिए। ३५ वर्षीय मेसीले राष्ट्रिय टिमबाट खेल्दा रमाइरहेको र विश्व विजेताका रुपमा अझै केही खेल खेल्न चाहेको उल्लेख गरे।

मेसीको यो पाँचौ विश्वकप हो। फाइनल अघिनै मेसीले फ्रान्सविरुद्धको खेलसँगै विश्वकप यात्रा टुंगिने बताएका थिए। सन् २०२६ मा हुने विश्वकपमा मेस्सी ३९ वर्षका हुनेछन्। तर प्रशिक्षक लियोनल स्कलोनीले चार वर्षपछिको विश्वकपमा पनि मेस्सीलाई टिममा राख्ने प्रतिक्रिया दिएका छन्।

फाइनल पछिको पत्रकार सम्मेलनमा स्कलोनीले सुरुवातमै अर्को विश्वकपका लागि मेस्सीको स्थान सुरक्षित गर्ने बताएका थिए। मेस्सीसँग खेल्न पाउनु र उनलाई प्रशिक्षण गर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको पनि स्कलोनीले उल्लेख गरे।

पेलेले दिए अर्जेन्टिना र मेस्सीलाई बधाई भने म्याराडोना हाँसिरहेका होलान् 

महान् फुटबलर पेलेले विश्व च्याम्पियन बनेको अर्जेन्टिना र लियोनल मेस्सीलाई बधाई दिँदै दिवङ्गत डिएगो म्याराडोना हाँसिरहेको हुन सक्ने बताएका छन्।

अर्जेन्टिनालाई अन्तिम पटक सन् १९८६ मा विजेता बनाउन म्याराडोनाकै भूमिका प्रमुख थियो। विश्व फुटबलमा म्यारोडोना र पेलेमध्ये को सर्वोत्कृष्ट भन्ने विवाद अहिले पनि छ। म्याराडोनाको केही वर्षअघि मृत्यु भएको थियो। सन् २०१० को विश्वकपमा म्याराडोनाले नै अर्जेन्टिनालाई प्रशिक्षण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button