बिज्ञापन

साउदी अरेबिया,कुवेत र ओमानले नाका बन्द गर्यो

यूकेमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि साउदी अरेबिया,कुवेत र ओमानले आफ्नो नाका सहित अन्तराष्ट्रिय उडान बन्द गरेका छन् ।

साउदी अरेबियाले आफ्नो सबै हवाई तथा जमिनको नाका संगै उडानहरु आइतबार देखि अनिश्चित समयका लागि बन्द गरेको छ । त्यसै देशमा आइसकेको विमान र नयाँ प्रकारको भाइरस नदेखिएका देशबाट हुने आयातमा भने प्रतिवन्ध नहुने त्यहाँको राष्ट्रिय न्युज एजेन्सीले जनाएको छ । अन्य छिमेकी मुलुक कुवेतले सोमबार बेलुका ११ बजे देखि ओमानले मंगलबार बिहान १ बजे देखि यात्रा नाका बन्द गर्ने जनाएको छ ।

नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन्। आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग ‘नजिकको सम्पर्कमा’ रहेको जनाएको छ। पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ। यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ।

यूकेमा बाहेक कोरोनाभाइरसको यस किसिमको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बीबीसीलाई बताएको छ। कोरोनाभाइरसको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण फेला परेको छैन।

कतारको स्वास्थ्य मन्त्रालयले आज आउने भाइरसको खोप र भाइरसको पछिल्लो अवस्था बारे जानकारी दिन बेलुका ९ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button