बिज्ञापन

नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, दुवैले अंक बाँडे

काठमाडौं, कात्तिक २०-

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल रद्द भएको छ। हावाहुरी र वर्षाका कारण खेल रद्द भएको हो।

अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाउदै गर्दा खेल रद्द भएको हो। खेल रद्द भएसँगै स्कटल्यान्ड र नेपालले एक-एक अङ्क बाँडेका छन्।

१२ खेल खेलेको नेपालले २ वटा खेल जितेर ६ अंकका साथ सातौं स्थानमा छ। स्कटल्याण्ड ११ खेलमा १४ अंकसहित तेस्रो स्थानमा छ।अमेरिका समूहको शीर्ष स्थानमा छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button