आज नेपाल विरूद्ध बंगलादेशको खेल हुँदै

कतार फुटबल एसोसिएसन(क्युएफए) को आयोजनामा जारी छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ। खेल दोहा रंगशालामा राती ९:२० बाट शुरू हुँदैछ। खेलको लागि प्रवेश निशुल्क रहेको छ।
प्रतियोगितामा नेपाल समूह ‘ख’ मा सिंगापुर, जापान, लेवनान, इन्डोनेसिया, बंगलादेश संग रहेको छ । त्यस्तै समूह ‘क’ मा जोर्डन, भारत, फिलिपिन्स, मलेसिया, श्रीलंका र दक्षिण कोरिया छन् । जनवरी १२ बाट शुरू भएको प्रतियोगिता मार्च ३० सम्म चल्नेछ ।
हाल सम्म उपविजेता सम्मको यात्रा मात्रै चाखेको नेपाली टोली यो संस्करणमा केही नयाँ खेलाडीका साथ विजेता बन्ने लक्ष्य लिएर अगाडी बढेको छ। टिमले यो वर्ष खेलाडी चयन समेत गरेको थियो।
दोहा स्टेडियम जाने बाटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो