गल्फ कप : बहराइनसंग हार्यो कतार

इराकमा भैरहेको २५ औं अरबियन गल्फ कपको दोस्रो खेलमा कतारले हार बेहोरेको छ ।
गएराती अल मिना ओलम्पिक रङशालामा बहराइन विरुद्ध कतार १-२ गोलले पराजित भएको हो। खेलको ३४ औं मिनेटमा अह्मद अलाल्दिनको गोल बाट अग्रता लिएको कतारको बाकी समय दुर्भाग्यपुर्ण बन्यो ।
७२ औं मिनेटमा मोहम्मद वादको आत्मघाती गोल सङै खेल बरबरीमा पुग्यो । त्यस्तै ८९ औं मिनेटमा बहराइनले पाएको पेनाल्टीको सदुपयोग गर्दै स्ट्राइकर अब्दुलाह युसुफले जित गोल गर्न सफल भए ।
प्रतियोगितामा कतारले सन् २००२ देखि बहराइनलाई हराउन सकेको छैन ।
हिजोको खेल सङै बहराइन समूह बि को शिर्ष स्थानमा उक्लेको छ । प्रतियोगितामा मुख्य सिनियर खेलाडीहरु समावेश नगरेको कतार समुहको दोस्रो स्थानमा छ ।
कतारले अब आउने शुक्रबार युएईको सामना गर्नेछ । सेमिफाइनलमा पुग्न कतारले उक्त खेल जित्नैपर्ने दबाब रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
1
मनपर्यो
22
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो