कतार विश्वकै सबैभन्दा सुरक्षित राष्ट्र

कतार पछिल्लो वर्ष झै यो वर्ष पनि विश्वकै सबैभन्दा सुरक्षित राष्ट्र बन्न सफल भएको छ ।
ग्लोबल क्राइम इन्डेक्स (नम्बिवो) को १४२ राष्ट्रको वार्षिक प्रदिवेदन अनुसार कम अपराध दर कायम गर्दै कतार विश्व वरीयतामा पहिलो स्थानमा पर्न सफल भएको हो । कतार सन् २०१९ देखि लगातार सूचीको प्रथम स्थानमा परिरहेको छ ।
कतार संगै युएई ,ताइवान,ओमान,हङकङ क्रमश ५ सुरक्षित राष्ट्रहरुको सूचीमा समावेश छ । नेपाल भने सूचीको ४३ औं स्थानमा परेको छ ।