कतार इराकसंग हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो

कतार इराक संगको खेलमा कतार पराजित भएको छ ।
इराकमा आयोजना भैरहेको २५ औ अरेबियन गल्फ कप अन्तर्गत आज भएको खेलमा कतार २ – १ गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफको १९ औ मिनेटमा इब्राहिम बयिश र ४३ औ मिनेटमा हुस्सेनको गोलले इराकलाई विजयी भएको छ । यता कतारको लागि सुरागले २८ औ मिनेटमा एक मात्र सान्त्वना गोल फर्काए ।
कतारले गत वर्ष पनि सोहि प्रतियोगितामा इराक संग २-१ को हार बेहोरेको थियो ।
आजको हार संगै कतार प्रतियोगिता बाट बाहिरिएको छ ।