बिज्ञापन

विश्वकपको स्मारिका टिकट खरिद गर्न सकिने

आफुले प्रत्यक्ष हेरेको विश्वकपको खेलको टिकट सम्झनाका लागि राख्ने दर्शकको इच्छालाई फिफाले पूरा गरिदिने भएको छ ।

कतारमा आयोजना भएको फिफा विश्वकप खेलको स्मारिका टिकट यसै महिनाको अन्त्यमा खरिद गर्न सकिने फिफाले जनाएको छ ।

त्यसका लागि फिफाको आधिकारिक वेबसाईट fifa.com/tickets मा गएर टिकट खरिद गर्न सकिनेछ । हरेक टिकटको शुल्क दश रियाल तोकिएको छ ।

त्यस्तै आवेदनमा भएका सम्पूर्ण टिकट खरिद गर्नुपर्नेछ । जस्तै विश्वकपको बेला तपाइले खेल हेर्न आफू लगायत आफ्नो साथीभाइको लागि ५ वटा टिकट खरिद गरेको भए अहिले पनि ५ वटै स्मारिका टिकट खरिद गर्नुपर्नेछ । आफुलाई मन लागेको जति मात्र टिकट भने खरिद गर्न पाइनेछैन ।

फिफाको प्रोफाइलमा भएको आफ्नो ठेगानामा टिकट एक महिना भित्र डेलिभरी हुनेछ । देश बाहिर टिकट मगाउनु परे डेलिभरी शुल्क लाग्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
12
मनपर्‍यो
खुसी लाग्यो
40
खुसी लाग्यो
दुःख लाग्यो
6
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
10
हाँसो लाग्यो
रीस उठ्यो
14
रीस उठ्यो
बिज्ञापन
Back to top button