दोहामा बेलुन फेस्टिभल सुरु

कतारमा बेलुन फेस्टिभलकाे तेस्रो संस्करण सुरु भएको छ ।
दोहाको वल्ड पोर्टमा जनवरी १८ देखि २८ तारिक सम्म आयोजना हुने फेस्टिभलकाे अवधिभर दोहाको आकासमा बिहानी पख ५० वटा सम्म ठुला ठुला बेलुन देख्न सकिनेछ ।
तीस देखि पैंतालीस मिनेटको बेलुन चढ्न ५०० रियालको शुल्क तोकिएको छ ।
सो समयमा बेलुका ४ देखि ११ बजे सम्म चङ्गा प्रदर्शनी , साङितिक कार्यक्रम र खानाको परिकार संगै मज्जा लिन सकिनेछ ।
यस अघि बेलुन फेस्टिभल एस्पायर पार्कमा हुँदै आइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
15
मनपर्यो
4
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
1
रीस उठ्यो