मंगलबार सम्म वर्षाको सम्भावना

आइतबार बेलुकी देखि देशको अधिकांश भूभागमा हल्का देखि मध्यम वर्षा हुने कतारको मौसम विभागले बताएको छ ।
अरब प्रायद्वीपमा रहेको न्यून चापको गहिराइका कारण मेघ गर्जनसहित वर्षाको सम्भावना विशेषगरि सोमबार र मंगलबार रहेको विभागले बताएको छ ।
यस अवधिमा हावा मुख्यतया उत्तरपश्चिम तर्फ वहने र वर्षाका कारण केही क्षेत्रमा दृश्यता कम हुन सक्ने विभागले बताएको छ । त्यस्तै तापक्रम २० देखि १५ डिग्री सेल्सियस बिच रहने हुँदा जाडो पनि बढ्नेछ।