प्रिमियम पेट्रोलको मुल्य बढ्याे

फेब्रुवरी महिनामा पेट्रोलको भाउ बढेको छ । भोलि १ तारिख बुधबार देखि लागू हुनेगरि प्रिमियम पेट्रोलको मुल्य ५ दिरहामले वृद्धि हुन लागेको कतार इनर्जीले जनाएको छ ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल २.१०, प्रीमियम पेट्रोल २.०० र डिजल २.०५ रियाल प्रतिलिटर पर्नेछ।
सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।