साहित्य : सम्बोधन

सम्बोधन
स्कूल पढ्दा
सधैं सबै शिक्षक गणले उसलाई
तँ नै भने
उ त्यसैमा खुसी थियो
स्कुल सकिएपछि
उसले कहिलेकाहिँ आफ्ना शिक्षक गणलाई
बाटो घाटोमा भेट्दा
शिक्षक गणले उसलाईतिमी भन्दा
उसलाई अचम्म लाग्दथ्यो
मनले तिमी होइन तँ भन्ने सम्बोधन खोज्यो
किनकी उ अझै पनि विद्यार्थीनै थियो
आफ्ना शिक्षकको लागि ।
कालान्तरमा
उसले आफुले पढेकै स्कुलमा पढाउनl सुरु गर्यो
उसले सम्बोधन पायो,
“सर, तिमी र तपाईँ”
उ अझै पनि विद्यार्थी नै थियो
तर तँ शब्द सुनेन
उसको लागि तँ शब्द नै प्यारो थियो
अनि उसले देख्यो
आफ्नै उमेरका साथी भाई जो सहकर्मी शिक्षक थिए
जसलाई उ चिन्दथ्यो
उसलाई फसाद पर्यो
अनि उसले पनि झुन्डयायो सम्बोधन
“सर र तपाईं”
सायद यही वाध्यता उसका शिक्षक गणको पनि थियो
उसले पनि शिक्षकको रूपमा
पहिलो अभ्यास गर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो