बिज्ञापन

कतारले टर्की र सिरियामा आपतकालीन सहयोग पठायो

कतारले टर्की र सिरियामा आपतकालीन सहयोग पठाएको छ ।

अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा १२० जनाको खोज तथा उद्दार प्रहरी,फिल्ड अस्पताल,राहत सामग्री,लत्ताकपडा र पानी बोकेको जहाज हिजो टर्की पुगिसकेको छ ।

टर्की र सिरियामा भुकम्प

टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४,३०० पुगेको छ।

टर्कीमा मात्रै कम्तीमा २,९२१ जनाको मृत्यु भएको विपद् तथा आपतकालिन निकायका प्रमुखले जनाएका छन् ।त्यहाँ घाइते हुनेको सङ्ख्या १५,८३४ पुगेको बताइएको छ।

भूकम्पको प्रभाव परेको टर्कीको दक्षिणी भेग अनि सिरियाको उत्तरी भेगमा उद्धार कार्य जारी छ। सिरियामा १,४०० भन्दा बढीले ज्यान गुमाएको विवरणहरू सार्वजनिक भएका छन्।

यूएस जियोलोजिकल सर्भेका अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूको भूकम्प गएको थियो।

अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भुइँचालो पनि गएको थियो।

टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए।

उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ। भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो।

टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
7
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
26
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button