हमाद विमानस्थल बाट ७.२५ केजी कोकेन बरामद

हमाद अन्तराष्ट्रिय विमानस्थल बाट ७.२५ केजी कोकेन् बरामद गरिएको छ।ल्याटिन अमेरिकी नागरिकको दुई झोला बाट सो अवैध लागुऔषध बरामद भएको हो।

सीमा सुरक्षा विभागको कर्मचारीले झोला संकास्पद लागेपछि थप अनुसन्धान गरेको थियो।दुई झोला भित्र केही लुगा मात्र देखिएतापनि त्यसको वजन भारी भएको कारण काटेर हेर्दा त्यसभित्र लुकाएको अर्को कालो झोला भेटिएको र खैरो स्टिकरले बेरेर राखिएको अवस्थामा कोकेन फेला परेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो