करिमले कतारमा सेवा बन्द गर्यो

राइड हेलिङ एप करिमले कतारमा सेवा बन्द गरेको छ ।
आफ्नो ग्राहकहरुलाई इमेल तथा एप मार्फत सूचना जारी गर्दै कम्पनीले आज फेब्रुअरी २८ देखि सेवा बन्द गरेको बताएको छ ।
एपमा क्रेडिट र प्याकेज भएका ग्राहकलाई मार्च १५ भित्र रकम फिर्ता गर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।
सन् २०१३ देखि कतारमा सेवा सुरु गरेको करिमलाई २०१९ मा अमेरिकी कम्पनी उबर टेक्नोलोजीले ३.१ बिलियन डलरमा खरिद गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
18
मनपर्यो
5
खुसी लाग्यो
8
दुःख लाग्यो
1
रुन मन लाग्यो
1
हाँसो लाग्यो
8
रीस उठ्यो