एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार कतार आउने
राष्ट्र संघ अन्तर्गतको अति विकसित अति कम विकसित मुलुकहरु (एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतार आउने भएका छन् ।
दोहा एक्जिबिसन एन्ड कनभेन्सन सेन्टमा यहि मार्च ५ देखि ९ तारिक सम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ कतार आउन लागेका हुन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले सम्मेलनमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण स्थगित भएको थियो ।
नेपालले यसवर्ष अति कम विकसित देशहरु (एलडिसी)को अध्यक्षता समेत लिने कार्यक्रम रहेको छ । यसअघि मालवीले सम्मेलनको अध्यक्षता सम्हालेको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत छन् ।
सम्मेलनमा अति कम विकसित राष्ट्रहरु सन् २०३० सम्मको विकासको लक्ष्यको विषयमा मुख्यतया छलफल गरिनेछ ।
त्यस्तै दोहामा रहेको नेपाली समुदाय बिच आयोजना हुने कार्यक्रममा पनि श्रेष्ठले सहभागिता जनाउनेछन् ।