‘ह्रस्वदीर्घ’ बारे निता भन्छिन्-हामी पूर्णरुपमा ‘सेफ’ भइसक्यौँ

काठमाडौं, मंसिर ७-

चलचित्र ‘ह्रस्वदीर्घ’ ले लगानी सुरक्षित गरेको अभिनेत्री निता ढुंगानाले दाबी गरेकी छन् ।
अभिनेत्री ढुंगानाले निर्माण गरेको चलचित्र ह्रस्वदीर्घ आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्तामा चलचित्रले ५ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । यो चलचित्र ६ करोडको लागतमा निर्माण भएको हो । हलहरूको कलेक्सन हेर्दा लगानी उठाउन अझै लामो यात्रा गर्नुपर्ने देखिन्छ । तर, निताले चलचित्रबाट आफूहरू पूर्णरुपमा सुरक्षित भइसकेको बताएकी छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै निताले भारतमा ओटीटी प्लेटफर्मममा चलचित्र विक्री गरिएको जानकारी दिएकी छन् । साथै, केही समयपछि भारतका हलहरूमा पनि रिलिज गर्ने र ओभरसिजको योजना पनि बनिरहेको उनको भनाइ छ ।

‘केही ठाउँमा हामी बक्स अफिस गर्दैछौं भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ । र, पूर्णरुपमा हामी सेभ भइसकेका छौँ,’ निताले लेखेकी छन् ।

दर्शकहरूले आफूप्रति देखाएको माया र चिन्ताप्रति उनले आभार प्रकट गरेकी छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button