आज ७७ जनामा कोरोना देखियो

आज देशभर थप ७७ जनामा कोरोना भाइरस संक्रमण र १०६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ७५ जना स्थानिय र २ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,६३,९०५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११,२५० जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – २७ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १ जना
निको हुनेको संख्या : ३,६२,३३८
आज सम्म खोप वितरण : ६७,२६,६५३
बुस्टर डाेज खोप वितरण : १५,१५,१५३
आजको खोप वितरण : १२,९०६
निको हुन बाँकीको संख्या : ८९०
ज्यान जानेको संख्या : ६७७ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो