मंगलबारसम्म वर्षाको सम्भावना

शुक्रबार देखि देशको अधिकांश भूभागमा छिटफुट देखि मध्यम वर्षा हुनसक्ने कतारको मौसम विभागले बताएको छ ।
अरब प्रायद्वीपमा रहेको न्यून चापको गहिराइका कारण मौसम बदलि भई मंगलबारसम्म वर्षाको सम्भावना रहेको विभागले आफ्नो रिपोर्टमा लेखेको छ।
यस अवधिमा हावा मुख्यतया उत्तरपश्चिम तर्फ वहने र वर्षाका कारण केही क्षेत्रमा दृश्यता कम हुन सक्ने विभागले बताएको छ । त्यस्तै तापक्रम ३४ देखि १७ डिग्री सेल्सियस बिच रहने हुँदा जाडो पनि बढ्नेछ।