बिज्ञापन

कतार द्वारा साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापनाको स्वागत

साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने निर्णयको कतार र संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ। चीनमा भएको वार्तापछि साउदी अरेबिया र इरान सात वर्षपछि कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सहमत भएका छन् ।
कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महामहिम शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल–साउद सँगको टेलिफोन वार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र तिनलाई अभिवृद्धि गर्ने उपायबारे छलफल पनि गरेका छन् ।

कतारले  जारी गरिएको विज्ञप्तिमा यो कूटनीतिक पहलले क्षेत्रीय शान्ति र स्थायित्व अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ ।

उता राष्ट्रसंघका महासचिवले पनि इरान र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने निर्णयको स्वागत गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताले खाडी क्षेत्रमा स्थायित्व ल्याउन छिमेकी मुलुकबीचको राम्रो सम्बन्ध आवश्यक रहेको बताएका छन् ।

सन् २०१६ मा साउदीमा एक शियालाई फाँसी दिएपछि इरान र साउदी अरेबियाबीचको सम्बन्ध चिसिएको थियो । त्यसपछि इरानमा रहेको साउदी दूतावासमा हमला भएसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध टुटेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button