बिज्ञापन

कतारमा पारस खड्का आबद्ध एसिया लायन्सले इण्डियन महाराजलाई हरायो

कतारमा जारी लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) को पहिलो खेलमा नेपालका पारस खड्का आबद्ध एसिया लायन्सले इण्डियन महाराजलाई हराएको छ ।

हिजो एसियन टाउंन इन्टरनेशनल क्रिकेट मैदानमा भएको पहिलो खेलामा एसियाले इन्डिया महाराजाजलाई ९ रनले पराजित गरेको हो । १ सय ६६ रनको लक्ष्य पछ्याएको इन्डियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रनमात्र जोड्न सक्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको पारस खड्का आबद्ध एसिया लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मिसबाह-उल-हकले ७३ रन तथा उपुल थरंगाले ४० रनको योगदान गरे । पारस खड्का ३ रनमा अविजित रहे ।

अब सोमवार एसिया लायन्सले वर्ल्ड जायन्ट्ससँग खेल्नेछ ।

यस्तो छ खेल तालिका :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button