बिज्ञापन

‘दोहा एक्स्पो २०२३’ आयोजना गर्न कतार तयार

कतारले यसै वर्ष ‘दोहा एक्स्पो २०२३’ को आयोजना गर्दैछ ।

हरियो मरभुमी राम्रो वातावरणको नारामा आयोजना हुने कार्यक्रमका लागि कतार तयार रहेको आयोजकले बताएको छ । फिफा विश्वकपपछि कतारले आयोजना गर्ने यो सबैभन्दा ठुलो कार्यक्रम हुनेछ ।

अल बिद्दा पार्कमा अक्टोबर २ देखि मार्च २४,२०२४ सम्म आयोजना हुने एक्स्पोलाई अन्तर्राष्ट्रिय,परिवार र संस्कृति जोन गरेर तीन भागमा विभाजन गरिनेछ । आधुनिक कृषि, प्रविधि र आविष्कार,वातावरणीय जागरूकता र दिगोपन एक्स्पोमा प्राथमिकताका साथ प्रदर्शन हुनेछ ।

६ महिनाको अवधिमा यो एक्स्पो ३० लाखभन्दा बढीले अवलोकन गर्ने प्रक्षेपण गरिएको छ।

विश्वभर मानव समुदायले हासिल गरेको वैज्ञानिक, सांस्कृतिक प्रदर्शनीका लागि सन् १८५१ देखि लण्डनको क्रिष्टल प्यालेसबाट यो अभियान सुरु भएको हो। हरेक पाँच वर्षको फरकमा विभीन्न मुलुकमा गरिँदै आइएको छ।

यसअघि हर्टिकल्चरल एक्स्पो कतार पछि २०२७ को एक्स्पो जापानले आयोजना गर्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
32
मनपर्‍यो
खुसी लाग्यो
60
खुसी लाग्यो
दुःख लाग्यो
7
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
बिज्ञापन
Back to top button