बिज्ञापन

रमादान महिनाभर ९०० भन्दा बढी सामानको मुल्य घट्याे

रमादान महिनाका लागि ९०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीहरूको मूल्य घटेको छ। अर्थ तथा वाणिज्य मन्त्रालयले एक सूची सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। सामानको मूल्य मार्च १२ देखि रमादान महिनाको अन्तिम दिन सम्मका लागि लागू हुनेगरी घटेको हो।

यस  महिनाभर बढी उपभोग हुने सम्पूर्ण खाद्य तथा अन्य सामग्रीहरुको घटेको सूचीमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै यो देशभरका प्राय सपिङ कम्प्लेक्सहरुमा लागू भएको छ । मूल्य घटेको सामग्रीहरू सपिङ कम्प्लेक्स अगाडि राखिएको होडिङ बोर्ड र मन्त्रालयको वेबसाइटमा गएर हेर्न सकिन्छ ।

पूरा सुची हेर्न यहाँ थिच्नुहोस ।

गत ९ वर्ष देखि चल्दै आएको अभियान पालनाको निश्चित गर्न मन्त्रालयको विशेष टोलीले महिनाभर निरीक्षण गर्ने र नियम मिच्नेलाई मन्त्रालयले कारबाही गर्ने बताएको छ। नियम उल्लंघन गर्ने कम्प्लेक्सहरुलाई उजुरी गर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

कहाँ उजुरी गर्ने  ?

ईमेल – info@mec.gov.qa

ट्विटर – @MEC_QATAR,INSTRUCTIONS MEC_QATAR

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
11
मनपर्‍यो
खुसी लाग्यो
33
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button