अब दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सकिने

दूतावासबाटै नेपाली कामदारलाई पुनः श्रमस्वीकृति दिईने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हिजो एक वक्तव्य जारी गर्दै विदेशस्थित नेपाली दूतावास बाट श्रम स्वीकृति लिन सकिने बताएको छ ।
त्यस्तै वैदेशिक रोजगार विभागले दुई वर्षको लागि मात्रै श्रम स्वीकृति दिने प्रावधान हटेको छ । कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति/रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति दिइने भएको छ ।
मन्त्रालयको सूचना :
