कतार आउनको लागि चाहिने ईन्ट्री परमिटको फारम खुल्यो

क्वारेन्टाइन बस्न कहाँ बुकिङ्ग गर्ने ?
डिस्कोभर कतारले कम्पनीका कामदार,घरेलु कामदारका लागि १४ दिने क्वारेन्टाइन प्याकेज सार्वजनिक गरेको छ । यसअघि वेबसाइट मार्फत ३ देखि ५ तारे होटेलमा ७ दिनको क्वारेन्टाइन प्याकेज मात्र उपलब्ध थियो।
सार्वजनिक गरिएको १४ दिने प्याकेज मेकाइनेस मोटेल अन्तर्गत कोठाहरु अल शिहानिया र सल्वा रोडमा रहेको मेकाइनेसमा अवस्थित छ।
उपलब्ध कोठाको वर्गीकरण
- पुरुषको लागि मात्र एकल कोठा
- पुरुषहरुको लागि साझा कोठा
- महिलाको लागि एकल कोठा
- महिलाको लागि साझा कोठा
कोठा कतार आउन कम्तिमा पनि ४८ घण्टा अगाडी बुक गर्नुपर्नेछ। कम्पनी मार्फत आउन कम्तिमा पनि ३ जना सम्म हुनुपर्नेछ र एउटै उडानमा आउनुपर्नेछ।
शुल्क
कोठाको शुल्क प्रति दिन १०५ रियालको दरले हुनेछ। एकल कोठामा बस्नेले थप १४०० रियाल र साझा कोठामा बस्नेले ७०० रियाल थप शुल्क तिर्नुपर्नेछ । उक्त थप शुल्क १४ दिन भन्दा बढी बस्नु नपरे फिर्ता गरिनेछ । क्वारेन्टाइन बस्दा भाइरस देखिए १४ दिन भन्दा बढी बस्नुपर्ने हुन्छ। वेबसाइटमा राखिएको विवरण अनुसार समग्रमा क्वारेन्टाइन बस्न २,१६९ देखि ४,३०३ रियाल सम्म पर्नेछ । त्यसमा लाग्ने शुल्क कम्पनीले बेहोर्न सक्नेछन् ।