सार्वजनिक स्थानमा कानून विपरीत कार्य नगर्न दूतावासको आग्रह

कतारको प्रमुख आकर्षण रहेको कर्नेश लगायत सार्वजनिक स्थानमा केही नेपालीहरु भेला भई झै झगडा गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि कतारस्थित नेपाली दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ ।

दुतावसले आज हिजो एक विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्ने ,बेचबिखन गर्ने,होहल्ला गर्ने,झगडा लगायत कानुन विपरीत कुनैपनि कार्य गर्दा सजायको भागेदारी स्वयम हुनुपर्ने बताएको छ । साथै त्यस्ता कार्यले सम्पुर्ण नेपाली समुदाय तथा देशको प्रतिष्ठामा र मर्यादामा आँच पुग्ने भएकाले त्यस्ता कार्यमा सम्लग्न नहुन र प्रोत्साहन नगर्न दूतावासले सबैमा आग्रह गरेको छ ।

आगामी दिनमा पनि यस्ता कार्यहरु दोहोरिए कतारको प्रशासनलाई त्यस्ता क्षेत्रको निगरानी गर्न लगाई सम्लग्न व्यक्ती पक्राउ गरि कानुन बमोजिम कारबाहीका लागि अनुरोध गर्न बाध्य भईने दूतावासले बताएको छ ।

दूतावासको विज्ञप्ति

दूतावासको विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button