बिज्ञापन

सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ

काठमाडौँ, पुस १-

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार जनताप्रति सधै उत्तरदायी रहेको बताउनुभएको छ । आज दि राइजिङ नेपालको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले जनताका समस्या सम्बोधन गर्न सरकार सधै प्रयत्नरत रहेको उल्लेख गर्दै जनताप्रति सधै उत्तरदायी रहेको बताउनुभएको हो ।

उहाँले सहकारीमा भएको बेथितीलाई समाधान गर्न, दुग्ध किसानको रकम भुक्तानी गर्न, ऊखु किसानका समस्या सुल्झाउन वर्तमान सरकार प्रयन्तर रहेको बताउनुभयो । दसैँ अगाडि दुग्ध किसानलाई केही रकम भुक्तानी गरेको उल्लेख गर्दै बाँकी रकम पनि छिट्टै भुक्तानी हुने उहाँको भनाइ थियो । साथै उहाँले सहकारीपीडित र मिटरब्याजपीडितको समस्या समाधानका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बिआरआई’ सम्झौता भएको उल्लेख गर्दै उहाँले उक्त सम्झौता राष्ट्र हितमा भएको बताउनुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button