कतार विश्वकपमा देखिने तीन महिला रेफ्रीहरु को-को हुन् ?

फिफा विश्वकप प्रतियोगिताको इतिहासमै पहिलोपटक तीन महिला रेफ्रीहरुले देखिदैछ्न् ।

फिफाले घोषणा गरिसकेको ३६ रेफ्रीको नामावलीमा यसपटक तीन महिला मुख्य र ९६ सहायक रेफ्रीमा पनि तीन महिलाले खेलको निर्णायक भुमिका सम्हाल्नेछ्न् ।

योशिमी यामाशिता

३६ वर्षीय योशिमी यामाशितालाई जापानमा  प्रख्यात रेफ्रीको रुपमा चिनिन्छ ।

फिफाले छनोट गरेपछि उनले २०१९ एएफसी पुरुष च्याम्पियन्स लिगको निर्णय गर्ने पहिलो महिला रेफ्री बनेकी थिइन् । उनले २०१९ कै महिला विश्वकप,२०२० को समर ओलम्पिक्समा पनि आफ्नो काम देखाइसकेकी छिन् ।

रेफ्री बन्न अघि उनी फिटनेस प्रशिक्षकको रुपमा काम गर्थिन् ।

सलिमा मुकनसांगा

रुवाण्डाका ३४ वर्षिया सलिमा मुकानसांगा २०१२ देखि फिफाको रेफ्रीको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।

उनले २०१९ को महिला विश्वकप, टोकियो २०२० को ओलम्पिक्स र यसै वर्ष पुरुष अफ्रिका कप अफ नेसन्सको खेल सन्चालन गरिसकेकी छिन्।

स्टेफनी फ्रापार्ट

यो विश्वकपमा देखिने अर्को महिला रेफ्री फ्रान्सकी ३८ वर्षिया स्टेफनी फ्रापार्ट हुन् । उनी सन् २००९ देखि फिफाको आधिकारिक रेफ्रीको रुपमा रहेकी छिन् । उनले २०१९ मा फ्रेन्च लिग १, २०२० मा च्याम्पियन्स लिग खेलाइसकेकी छिन्। यसै विश्वकपको छनौट चरणको खेलहरुको निर्णय गर्ने उनी पहिलो महिला पनि रहेकी छिन् ।

मुख्य रेफ्री संगै यस विश्वकपमा देखिने तीन महिला सहायक रेफ्रीहरु ब्राजिलकी नोइजा पाक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथ्रिन नेस्बिट रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
188
मनपर्‍यो
खुसी लाग्यो
45
खुसी लाग्यो
दुःख लाग्यो
8
दुःख लाग्यो
रुन मन लाग्यो
5
रुन मन लाग्यो
हाँसो लाग्यो
7
हाँसो लाग्यो
रीस उठ्यो
15
रीस उठ्यो
Back to top button