बिज्ञापन

सरिता इभेन्ट्सद्धारा चितवनका ६० जना सामाजिक व्यक्तित्व सम्मान

चितवन,कात्तिक ५-

भरतपुरस्थित सरिता इभेन्ट्सले विशिष्ट व्यक्तित्व सम्मान एवम् बेस्ट अफ समर फेसन रन वे सिजन टु आयोजना गरेको छ। इभेन्ट्स संयोजक सरिता आचार्यले विभिन्न बिधामा विशिष्ट व्यक्तिलाई सम्मान गरिएको जानकारी दिइन् । सम्मान तथा फेसन रन वे कार्यक्रम यज्ञपुरीस्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा आयोजना गरिएको थियो । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यता र भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सेन्ट्रल ग्रुपका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेल लगायत ६० जनालाई सम्मान गरिएको थियो । भरतपुर भ्रमण वर्ष २०२४ र नेपालीहरुको महान चाड बडा दशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर उक्त कार्यक्रम गरिएको आचार्यले बताइन् । सम्मान कार्यक्रम तथा बेस्ट अफ समर फेसन रन वे सिजन–२ साथै साँस्कृतिक (नाँचगान) कार्यक्रमको भिआईपी टिकट शुल्क एक हजार रुपैयाँ र साधारण टिकट शुल्क ५०० रुपैयाँ तोकिएको थियो ।

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भएको कार्यक्रममा जिल्लामा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्याक्तिलाई सम्मान गरिएको भन्दै मन्त्री ठकुरीले धन्याबाद दिए । इभेन्ट्सले विगत लामो समयदेखि विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको छ। यसअघि मिस्टर एण्ड मिस स्टार चितवन २०१९, ब्युटिसियन ट्यालेन्ट चितवन २०२१, ग्लामरस तीज फेसन रन वे तथा ओपन डान्स कम्पिटिसन २०२३, महाशिवरात्री साँस्कृतिक साँझ २०७८, डान्स प्लानेट म्युजिकल नाइट २०२३, महाशिव रात्री साँस्कृतिक साँझ २०७९ , महाशिव रात्री साँस्कृतिक साँझ २०८०, विक्रम बाबा साँस्कृतिक साँझ जगतपुर लगायतका थुप्रै कार्यक्रम आयोजना गरिएको आचार्यले जानकारी दिइन् । उनी राष्ट्रिय नारी सम्मान २०२१, उत्कृष्ट इभेन्ट म्यानेजमेन्ट तथा समाजसेवी सम्मान लगायत थुप्रै विधामा सम्मानित समेत भएकी छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button