रमजानको सामाजिक तथा आध्यात्मिक पक्ष
कुनै पनि वस्तु वा विषय त्यतिबेला सम्म मन मस्तिष्कमा जरा गाढेर त्यसको असर प्रत्यक्ष जीवन माथि लागू हुँदैन जब सम्म त्यसलाई बुझिदैन र त्यसको महत्त्वलाई स्वीकार गरिंदैन। यसैगरी त्यसको अर्थ र मतलब बुझिंदैन।
अब रमजान भनेको के हो ?
त्यसलाई पवित्र कुरआनले एक शव्दमा अर्थयाइ दिएको छ।जसमा भनिएको छ” हे आस्थावान हो तिमीहरू माथी रोजा”व्रत” अनिवार्य गरिएको छ जसरी तिमीहरू भन्दा पहिलेका समुदाय र समूह माथी अनिवार्य गरिएको थियोे।ईश्वरले यस धर्तीमा मानव जातिलाई विभिन्न प्रकारको परिक्षा लिने गरेका छन ।
त्यस्तै परिक्षा मध्ये वहाँ प्रतिको दायित्व निर्भाह गर्दा एउटा परिक्षा भनेको वहाँको आज्ञाको पालना गर्नु हो।त्यो भनेको अल्लाहले भन्नू हुन्छ,झुठो नबोल,कसैको ज्यान सम्पत्ति र मान मर्यादा तथा प्रतिष्ठा माथी हमला नगर!भन्नू हुन्छ कसैलाई अन्यायपूर्ण व्यवहार नगर। कसैको अधिकारको हनन नगर!सामान बेच्दा वा कारोबार गर्दा तौलमा घटी गर्ने नगर।कुनै जिम्मेवारी दिइएको छ भने त्यसमा निष्ठापुर्वक लाग त्यसलाई सामान्य सम्झेर जिम्मेवारीमा लापरबाही नगर।
यसबाट हामी रोकिनु पर्दछ।यसैगरी मानव जातिको आत्माले भन्ला होइन सकेसम्म जसरी हुन्छ कमाउनु पर्छ ।
नापतौलमा घटिबढी गर्नु पर्छ।आफुले सकेसम्म अन्य माथि जियादती गर्नु पर्दछ। कहिले राजनैतिक दम्बका कारण त कहिले पावर र पहुँचको भरमा।कहिले कुनै बदला लिने भावनाले प्रेरित भएर अन्याय अत्याचार गर्न पनि हामी लागि पर्छौ।यस्तो भावनाले हामीलाई पाप र अपराध गर्ने तर्फ प्रेरित गर्दछ।तर अल्लाहले हामीलाई यस्तो गर्न बाट रोक्नु हुन्छ मनाही गर्नु हुन्छ। इस्लामी पद्धति र इसलामको सन्देश के हो?इस्लाम भनेको उच्च नैतिक आचारण सहित जीवन यापन गर्नु हो ।
अब मानव जीवनमा उच्च नैतिक आचार सहितको जीवन यापन गर्ने कुनै एउटा मात्र क्षेत्र छैन। यद्यपि यसलाई हामी कारोबारमा पनि पालना गर्नु पर्दछ ।
राजनीति मा पनि यसलाई अनुसरण गर्नु पर्दछ। सामाजिक दायित्व निर्वाह गरिरहँदा पनि उच्च नैतिक आचारण प्रदर्शन गर्नु पर्दछ।घरमा घर बाहिर जहाँ पनि उच्च नैतिक आचार सहितको जीवन बिताउनु पर्दछ।हामी जब आफुलाई उच्च नैतिकवान बनाउने प्रयास गर्दछौं त्यतिबेला के गर्छौ भन्दा हामी हाम्रो निजि बिचार निजि मन मर्जी र फौसला लाई त्याग्ददिन्छौं ।
त्यसैगरी आफ्नो चाहनालाई एउटा विशेष परिधी भित्र बाँध दिन्छौं र निश्चित आचारसंहितामा निहित गरिदिन्छौं । यसलाई अरबी भाषामा तक्वा भनिन्छ। मानव जीवन लाई छाडा नछोडौं र यसलाई एउटा डिसिप्लेनको दायरामा बाधौं। जब हामी यस प्रकारको डिसिप्लेनमा बाधिन्छौं तब हाम्रो धर्मले हामीलाई कुकर्म बाट बच्दै उच्च नैतिक आचारण हाम्रो जिवनमा प्रत्येक्ष लागू भएको हेर्न चाहन्छ। जसमा हामीलाई बाद्य बनाइएको हुन्छ कि म कसैको इज्जत प्रतिष्ठा माथि हमला नगरु।
कसैलाई बेइज्जत नगरु।कसैको सम्पत्तिलाई अन्यायपूर्ण तरिकाले नहड्पिउँ। यस्तो उच्च आचारण मेरो जीवनको हरेक पलमा पुर्णतः लागू गर्नु पर्ने सन्देश इस्लामले हामीलाई दिन्छ। चाहे त्यो म घरमा श्रीमती संग कुनै मामिला गरिरहेको होस। अथवा श्रीमतीले श्रीमान प्रतिको दायित्व निर्वाह गर्दाको अवस्था किन नहोस।यसैगरी बालबालिकाको अधिकार संरक्षण गर्दाको अवस्था होस। चाहे नातागोता प्रतिको अधिकार लिनेदिने विषय नै किन नहोस। यसैगरी बजारमा कुनै वस्तु किनबेच गरिरहेको अवस्थामा होस।हरेक क्षेत्रमा उच्च नैतिक आचार सहितको व्यवहार गर्नु पर्दछ भन्ने सन्देश इस्लामको रहेको छ।
म उच्च नैतिक आचार सहितको आचारसंहितालाई उच्च बिन्दुमा पुर्याउन तिमीहरू माझ पठाइएको हुउ भनेर पैगम्बर मोहम्मदले भन्नू भएको छ। इन्नमा आना बुइस्तो लि उतम्मिम मकारिमल अख्लाक। अब यस्तो आचारसंहिता सहितको जीवन कुनै सहज जीवन त्यति सहजै पक्कै हुन सक्दैन।किनभने यस्तो जीवन पद्धति हामीले हरेक अवस्था र हरेक क्षेत्रमा बिताउनु पर्दछ।
त्यसको कारण भनेको आफुलाई निश्चित घेरामा राखेर पुर्णतः आचारसंहिता सहितको जीवन यापन गर्नु हो।हरेक क्षेत्र आफुलाई डिसिप्लेनको दायरामा राख्नु पर्दछ। यसैलाई अरबी भाषामा तक्वा भनिन्छ।
हुदुद आसनाई, अर्थात मानिसले आफुलाई त्यो उच्च नैतिक आचारणको घेराभित्र राखोस जसका कारण मानिस नैतिकताको उच्च बिन्दुमा पुगेर एउटा अनुशासित नैतिकवान ब्यक्ति बन्ने अवसर प्राप्त गरोस। रोजाले मानवलाई यस कार्यको अभ्यास गराउँदछ। अब त्यो कसरी दिन्छ भन्ने प्रश्न उब्जिन सक्छ।हेर्नुस अल्लाहले अत्यन्तै प्रभावकारी उपाय सृजना गर्नु भएको छ जसमा मानिसलाई त्यसको निम्ति मानिसका केही निश्चित आधारभूत चाहना र आवस्यकता माथी प्रतिबन्ध लगाइदिनु भएको छ। अब ती चाहना र आवश्यकता यस्ता छन कि जुन अधिक्तम ५/६ घण्टा भन्दा बढी रोकिन सक्दैनन्। मानिसलाई भित्रै बाट दबाब बढाउन थाल्दछन।भोक लाग्न शुरु हुन्छ,प्यास लाग्न थालिहाल्छ।
त्यसपछि त्यो जुन अल्लाहको आज्ञाको अनुसरण गर्नु छ र उनको आदेश मान्नु छ।जब नापतौलमा कमि गर्ने अवसर आउँछ। कसैप्रती अन्याय गर्ने बल प्राप्त हुन्छ।लुकेर पानी पिउने र केही खाने पुर्णतः मौका हुन्छ।कुकर्म र पापको पनि सम्भावना रहेको हुन्छ। अर्थात आफुलाई हरेक कार्य गर्ने बल हुँदाहुँदै पनि त्यतिबेला यसो त गर्नु हुँदैन है भनेर जुन भित्री आत्माले तपाईंलाई रोक्दछ र यो स्मरण गराउँदछ कि होइन है होइन तिमी त अल्लाहको सृष्टि हौ ।
यसको भुमिका जसले निर्वाह गर्दछ त्यो भनेको रोजाले नै हो। यसो गर्दै गर्दा मानिस आफ्नो बल र दम्ब बाट एकदमै कम्जोर हुन पुग्दछ र अल्लाहो आज्ञा पालनामा शतप्रतिशत नतमस्तक हुन पुग्दछ। रोजा खोल्नु भन्दा ४/५ घण्टा पहिला त्यो निरीह अवस्था सृजना हुन पुग्दछ जसमा मानिस आफुले चाँहदा चाहँदै पनि रोकिन पुग्दछ।
भोक लागिरहेको हुन्छ तर खाँदैन।प्यास लागि रहेको हुन्छ तैपनि पिउंदैन। यस्तो अवस्थमा वहाँ को आज्ञा पालना गरेर रोकिनु लाई अरबी भाषामा इताअत भनिन्छ। मानिस अल्लहको आदेशको पालनामा पुर्ण रुपमा अल्लाहको दास झैं हुन पुग्दछ जसको अतिरिक्त उ एउटा आज्ञा पालन गर्ने असल मानवको रुपमा स्थापित हुन पुग्दछ।वर्षमा ४५० घन्टा जतिको समय हामीलाई हरेक वर्ष यस कार्यको अभ्यास गराउन हामी बिच आउने गर्दछ । – फ्रो. रमजान अलि मिया