दूतावासमा दशैंको टिका थाप्न पाइने

नेपालीहरुको महान चाड विजयादशमीको टीका कतार स्थित नेपाली राजदूतावासमा थाप्न पाइने भएको छ।दूतावासले हिजो सूचना प्रकाशित गर्दै आफ्नै प्राङ्गणमा महामहिम राजदूत तथा दूतावास परिवारको उपस्थितिमा शुभकामना आदान प्रदान तथा टीका ग्रहण गर्न लागिएको जानकारी गराएको हो।
सूचना मार्फत दूतावासले नेपालीहरूको महान चाड विजयादशमी,तिहार र छठ पर्वको शुभकामना पनि व्यक्त गरेको छ।
दूतावासले इच्छुक सम्पूर्ण नेपालीलाई आउँदो शनिबार पर्ने सो अवसरमा उपस्थिति जनाउन अनुरोध समेत गरेको छ।कार्यक्रम बिहान ८ देखि १० बजे सम्म आयोजना हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो