लागु भयो नँया कानुन

पुरानो कफला (स्पोन्सरसीप) कानुन परिमार्जित हुँदै कतारमा आजै देखि कार्यन्वयन हुने गरि श्रमिकको नँया कानुन (२०१५ को कानुन नं २१) लागु भएको छ । कतारका राजा शेख बीन हमाद अल थानी द्धारा पुरानो कानुन लाई सुधार गर्दै कागजपत्रमा हस्ताक्षर गरेको एक वर्ष पछि यो कानुनले पूर्णता पाएको हो ।

नँया कानुनले प्रवासी श्रमिकको प्रवेश,गमन र आवसिय अन्र्तगत काम गर्दछ । यसले कतारमा रहेका झण्डै २.१ मिलियन श्रमिकहरुको हक अधिकार,श्रम लचकता र स्वतन्त्रता सुरक्षित राख्नमा विशेष भूमिका निर्वाह गर्दछ ।

अब कुनै पनि रोजगार दाताले आफ्नो श्रमिकको राहदानी राखेको पाईएमा प्रति राहदानी २५ हजार कतारी रियाल जरिवानामा पर्ने कडा नियम भने पक्का भएको छ । तर मानव अधिकार संगठनहरुले भने यस नँया कानुनलाई “नँया कानुन,पुरानै व्यवस्थाको” संज्ञा दिएका छन् । यसले पुरानो स्पोन्सरसीप को कानुनलाई खारेज गरेता पनि बाँकी सबै उस्तै रहेको टिप्पणी गरेका छन् । तर कतारले भने यो कुराको खण्डन गरेको छ ।
हिजोको पत्रकार सम्मेलनमा नँया कानुनले श्रमिक र रोजगार दाता दुबै पक्षलाई फाईदा गर्ने जनाएको छ । त्यसैले अन्र्तराष्ट्रिय संस्थाहरुलाई अनावश्यक भ्रम नर्छन आग्रह गरेको छ ।

१.को को पर्ने छन् त नँया कानुन भित्र ?

नँया कानुनले खाडी मुलुकका नागरिक बाहेक सबैलाई समावेश गर्नेछ । अझ यसले कतारको ‘श्रमिक कानुन’ भित्र नपर्ने घरेलु कर्मचारीहरुलाई समेत समावेश गर्नेछ । बाँकीको यहाँ छुट्टै आप्रवाश तथा रोजगारको कानुन रहेको छ ।

२.कतार भित्रने नयाँ कामदारको प्रकिृयामा के फरक होला ?

कतारमा श्रमिकहरु जुन काम तथा तलबमा भनेर आएका हुन्छन् यहाँ भित्रिसकेपछि अर्कै काम र कम तलबमा काम गर्नु पर्ने बाध्यता रहेको छ । यस समस्यालाई कतार सरकारले समाधान गर्नका लागी धेरै कसरत गरिरहेको थियो । तसर्थ अब नँया कानुन भित्र श्रमिकहरु आफैले आफ्नो कामको बारेमा करार पत्र आफ्नै देशमा हेर्न पाउने छन ।  र कतार सरकारले स्विकिृत गरेको कामलाई मात्र भिषा दिनेछ ।

३.फेरी कतार आउन परेमा ?

श्रमिकले पहिला कतार बस्दा कुनै अपराध नगरी स्वदेश फर्केको खण्डमा भोली पल्ट नै कतार आउन पाउनेछ । पहिला को जस्तो २ बर्ष कुर्नु पर्दैन ।

४.काम गुमाएमा वा कम्पनी टुटेमा ?

कतारमा काम गुमाएमा करार पत्र सकेमा वा कम्पनी टुटेमा नँया काम खोज्नका लागी तीन महिना समय दिईनेछ । तीन महिना भित्रमा पनि नँया काम नपाएको खण्डमा भने श्रमिकले कतार छोड्न पर्ने हुन्छ ।

५.नँया कामका लागी के कुरा आवश्यक छ?

कतार मा प्राय जसो दुई प्रकारको काम करार अबधी रहेको छ Fixed -term contract (दुई बर्षे ) र Open -ended contract (५ बर्ष) को काम करार अवधि । पहिला तपाईंले कती बर्ष काम करार पत्रमा हस्ताक्षर गर्नु भएको छ त्यो जान्न जरुरी छ । अब लागु हुने नयाँ कानुन मा आफ्नो कामको करार सकाएपछी कम्पनी को स्विकृती बिनानै नयाँ काम खोज्न सकिनेछ ,तर कम्पनी लाई लिखित रुपमा जानकारी भने गराउन पर्दछ ।

त्यस्तै आफ्नो काम करार नसकी नयाँ काम खोज्न भने कम्पनी को स्विकृती पत्र (NOC) नै चहिनेछ तर श्रमिक ले आफु अन्याय वा दुर्व्यबहार वा शोषण मा परेको प्रमाणित गर्न सकेको खण्ड मा भने श्रम मन्त्रालय मार्फत आबश्यक कगजपत्र पाउन सकिनेछ ।

६. हाल को करार के हुन्छ त ?

नयाँ कानुन मा श्रमिकले आफु कार्यरत कम्पनीको काम गर्न सुरु गरेको मिती देखिको समय हिसाब हुनेछ । यसको मतलब डिसेम्बर १३ देखि नँया हिसाब हुने छैन । अझ तपाईंले एउटै कम्पनीमा ५ बर्ष भन्दा बढी बिताई सक्नु भएको छ भने यो करार को कानुन ले तपाईंलाई कुनै असर गर्ने छैन ।

तपाईं को पासपोर्ट कम्पनीले राख्न पाउने छैन, राखेमा सो कम्पनी लाई कतारी रियाल २५ हजार जरिनामा लाग्नेछ।

७. गमन पत्र (EXIT PERMIT) खारेज हुन्छ त ?

कतार छोड्न चाहिने गमन पत्र खारेज भने हुनेछैन । यो पहिले आफु कार्यरत कम्पनी बाट लिनु पर्ने व्यबस्था थियो भने अब आँफै अनलाईन वा सम्बन्धित सरकारी कार्यालयबाट लिनु पर्ने हुन्छ तर आफु कतार छोड्ने बारे आफ्नो कम्पनी लाई खबर भने गर्नु पर्ने हुन्छ ।

यधपी कम्पनी ले नमानेको खण्डमा भने श्रमिक आँफैले सिधै गमन पत्र उजूरी केन्द्र (EXIT PERMIT GRIEVANCE COMMITTEE) मा निबेदन दिन सकिनेछ । यो पनि अनलाइन, प्रहरी चौकी वा सम्बन्धित सरकारी कार्यालय बाट दिन सकिनेछ । समितीले उक्त निबेदन लाई ७२ घण्टा भित्र नै सम्बोधन गर्नेछ अझ आपत्कालिन खण्डमा यस्ले अझ छिटो काम गर्नेछ ।  हाल लाई उजूरी उत्तर मदिनाथ खलिफा अवस्थित पुरानो ट्राफिक कार्यालय बाट मात्र दिन सकिनेछ ।

८.गमन पत्र उजूरी केन्दले कसरी काम गर्ने छ त ?

यस समिती आन्तरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग तथा MADSLA का उच्च पधाधिकरी हरु बाट बनेको समिती हो । यहाँ श्रमिक को उजुरी पर्ने बित्तिकै यसले श्रमिकको कम्पनी मा खबर गर्नेछ । गमन पत्र अश्विकार को बारेमा सोध्पुछ गर्नेछ । श्रमिक र कम्पनीको बिगत का गतिबिधी लाई निग्रानीमा राख्नेछ । श्रमिक ले बिगत मा कुनै अपराधिक कृयाकलाप वा कतार मा श्रृण नभएको खण्डमा भने यस्ले स्वत्त गमन पत्र दिनेछ । अझ श्रमिक लाई आपत्कालिन परेको खण्डमा पनि आवश्यक कागज पत्र मिलाई यस् समिती ले गमन पत्र दिनेछ ।

एक्जिट पर्मिट उजुरी केन्द्र समिति का बारे अझ थाहा पाउन, यहाँ क्लिक गर्नुहोश ।

अब नयाँ करार पत्र/अाइडी लगाउने बेलामा आफ्नो काम,तलब र करार अबधी कती छ भन्ने कुरा याद गर्नु होला, ठीकलागे पछी मात्र हस्ताक्षर गर्नुहोला।
याद राख्नुहोश, तपाईंको कम्पनीले एक्जिट पर्मिट नदिएको खन्डमा मात्रै उजुरी गर्नु होला । पहिलाको जस्तै तपाईंको कम्पनीले पनि एक्जिट पर्मिट दिनसक्नेछ।  कम्पनीले पर्मिट दिदा छिटो र तपाईंहरु बिचको सम्बन्ध राम्रो रहन सक्छ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button