रवि लामिछाने पक्राउ पर्न लागेको भन्दै रास्वपाले बोलायो आकस्मिक भेला

काठमाडौं,कात्तिक २-

सहकारी ठगी प्रकरणमा सभापति पक्राउ पर्न लागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कार्यकर्ताहरूको आकस्मिक भेला बोलाएको छ । संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने संकेत पाएको भन्दै पार्टी कार्यालयमा रास्वपाले भेला डाकेको हो ।

काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको केन्द्रिय सदस्य टीका संग्रौला ज्वालाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । रास्वपाले सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ । रास्वपाका एक नेताका अनुसार सभापति लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय वनस्थलीमा जम्मा भएका छन् । पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा रहेको नेताहरू बताउँन्।

यसअघि ६ असोजमा पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button