बिज्ञापन

साफ च्याम्पियन्ससिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

बंगलादेशमा सुरू भएको साफ च्याम्पियन्ससिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। निर्धारित ९० मिनेटसम्म १-१ गोलको अवस्था भएपनि इन्जुरी समयको  ५ मिनेटको अन्तिम समयमा पाकिस्तानले गोल गरेपछि नेपालले फिफा वरियतामा निकै तल रहेको पाकिस्तानसँग पराजय व्यहोरेको हो।

बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलको पहिलो हाफमा कप्तान विराज महर्जनले अनावश्यक फल गरेपछि ३६ औं मिनेटमा पाकिस्तानका मोहम्मद रियाजले पेनाल्टीमा पहिलो गोल गरेका थिए।

दोस्रो हाफको ८२ औं मिनेटमा नेपालका बिमल घर्तीमगरले बराबरी गोल फर्काएका थिए।

त्यसपछि जितका लागि आक्रामक खेलिरहेको नेपालले अतिरिक्त समयको अन्तिममा काउन्टर एट्याकमा मोहम्मद अलीको हेड जोगाउन सकेन।

बंगलादेश र भुटान पनि रहेको समूह एमा नेपालले अर्को खेल बिहीबार भुटानसँग खेल्नेछ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button