कार्यक्रम गर्न अब कतार सरकारको अनुमति चाहिने

कतारमा कार्यक्रम आयोजना गर्न अब सरकारको अनुमति चाहिने भएको छ। दूतावासले आज एक सूचना प्रकशित गर्दै कतारमा आयोजना गरिने कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रम र समारोहका लागि कम्तिमा पनि एक महिना अगाडि सरकारको अनुमति लिनुपर्ने जनाएको छ।

त्यसका लागि कतार सरकारको सम्बन्धित आधिकारिक निकायमा औपचारिक रुपमा निवेदन दिई स्वीकृति प्राप्त भएपछि स्थानीय कानून र प्रचलन बमोजिम मात्र कार्यक्रम तथा समारोहको आयोजना गर्नुपर्ने दूतावासले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button