भैँसीपालक किसानलाई अनुदान

रामपुर (पाल्पा), कात्तिक १४-

भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो ।

यहाँका २५ किसानलाई प्रतिव्यक्ति रु ४० हजारका दरले रकम उपलब्ध गराइएको छ । किसानलाई दुहुनो भैँसीपालनका लागि रु ४० हजारका दरले २५ जनालाई अनुदान रकम सहयोग गरिएको वडाध्यक्ष यादवसिं कार्कीले बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको २० प्रतिशत बजेट कृषि तथा पशुपालनमा विनियोजन गरेको उहाँ बताउनुहुन्छ ।

वडामा कृषि र पशुपालनको सम्भावना रहेकाले किसानको मागका आधारमा यस वर्ष २५ भैँसीका लागि अनुदानमा सिफारिस गरिएको हो । किसानको आयआर्जन उकास्नका लागि किसानमुखी कार्यक्रममा वडाले जोड दिएको छ ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आयआर्जनको माध्यम भनेको कृषि र पशुपालन रहेकाले यस क्षेत्रमा किसानलाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रममा सहयोगका कार्यक्रम नगरपालिकाबाट भइरहेको बताउनुभयो ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरी हाते ट्याक्टर वितरण, मौरी घार वितरण, नापतौल मेसिन हस्तान्तरण, घाँसका बिरुवा वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ । यहाँका किसानलाई व्यवसायमा हौसला बढाउन नगरपालिकाले अनुदान लगायतका विभिन्न कार्यक्रम अगाडि बढाएको छ । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button